बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी

0
394

३ मंसिर, काठमाण्डौ । मन्त्रीहरु हेरफेरका बिषयमा सहमति जुटेपछि बुधबार मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको छ । त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा जनाउ दिएका छन ।

कुन कुन मन्त्री अदलबदल हुने भन्नेबारेमा भने केही खुलाइएको छैन ।  नयाँ मन्त्रीहरूको सपथ भोलि(बुधबार) नै हुने भएकाले कुनै औपचारिक कार्यक्रमसमेत नराख्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएको बुझिएको छ । प्रधानमन्त्री ओली गृह, रक्षा, उर्जा, अर्थ, सञ्चार, पर्यटन बाहेकका मन्त्रालयका मन्त्रीको कामबाट असन्तुष्ट रहेको खबरहरु सार्बजनिक हुँदै आएका छन ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरकै विषयमा छलफल गर्न बुधबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here