विश्वकप फुटबल छनौटः नेपाल कुवेतसँग पराजित

0
540

३ मंसिर काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप – २०२२ का लागि दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको ‘होम गेम’ मा नेपाल पराजित भएको छ ।

भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १-० गोल अन्तरले पराजित भएको हो । चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा कुवेतका लागि कप्तान बदर अल मतवाले गरेको गोल नै निर्णायक भयो । उनले पहिलो हाफको २८ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

यसअघिको कुवेतसँगकै खेलमा नेपाल ७-० ले पराजित भएको थियो । यो हारसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ५ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा रहेको छ । नेपालले अर्को होम खेल चाईनिज ताइपेईसँग  मार्च २६ मा दशरथ रंगशालामा खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here