भारतले ३७ सय भन्दा बढी स्तम्भ पनि गायव गरेको खुलासा

0
504

२ मंसिर, काठमाण्डौ । नेपालको एउटा पश्चिमी सीमा जिल्ला दार्चुलाको लिम्पियाधुरा लगायतको क्षेत्रलाई कब्जा गरेको भारतीय पक्षले ३७ सय २२ वटा सीमा स्तम्भ पनि गायव गरेको खुलासा भएको छ ।

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको तथ्याङ्क अनुसार भारत र चीनसँग सीमाना जोडिएका ३५ जिल्लामा ३,७०० भन्दा बढी सीमास्तम्भ तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन्। सशस्त्र प्रहरीको अभिलेखमा ८,१८१ सीमास्तम्भ रहेको भएपनि नापी विभागले ‍करिब ८,५०० सीमास्तम्भ रहेको बताउने गरेको छ। सीमा क्षेत्रका दुई हजारभन्दा बढी स्तम्भहरू बेपत्ता रहेको र दुई सयभन्दा बढी नदीले बगाएको हुनसक्ने बताइएको छ । तर बेपत्ता भएका भनिएका सीमा स्तम्भ भारतीय पक्षले गायव गरेको सीमा सम्बन्धिका जानकार नापी विभागका पूर्बमहानिर्देशक बुद्धिनारायण श्रेष्ठ बताउँछन ।

सिमाबिद् रतन भण्डारीका अनुसार भारतले नेपालका २३ जिल्लामा ६२ हजार हेक्टर भन्दा बढी जमिन कब्जा गरेकाले अब सीमास्तम्भ भन्दा पनि अतिक्रमित नेपाली भूमि फिर्ता गर्न केन्द्रित हुनुपर्ने बताउँछन् ।

भारतले जम्मु कश्मिर लद्दाखलाई अलग गर्दै केन्द्र शासित राज्य बनाएको एक महिनापछि नयाँ नक्सा सार्बजनिक गर्दा नेपाली भूमिलाई समेत हडपेर नयाँ नक्शा सार्बजनिक गरेपछि त्यसबिरुद्ध नेपालमा २ साता यता भारतबिरोधी प्रदर्शन चर्किएका छन । जुन प्रदर्शनमा सरकारसहित नेपालका सबै राजनीतिक दलहरुले ऐक्यबद्दता जनाइरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here