अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार चारको मृत्यु

0
519

२ मंसिर, एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा एक ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा  चार जनाको मृत्यु भएको छ ।

लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । पारिवारिक सदस्यहरु जम्मा भएको ठाउँमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन् ।

स्थानीय समय अनुसार आइतबार बेलुका ६ बजेतिर घटना भएको जनाइएको छ । घटना भएको बेला घटनास्थलमा ३५ जना रहेका थिए ।उनीहरु फुटबल हेर्नका लागि सो ठाउँमा भेला भएको फ्रेन्सो प्रहरी विभागका उपप्रमुख मिचेल रिडले जानकारी दिए । गोली प्रहारपछि फरार भएका ती व्यक्तिको खोजि जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here