दमकमा कर सप्ताह सुरु

0
710

सप्तरङ्गी एफ.एम. दमक मंशिर १
आठौं राष्ट्रिय कर दिवसको अवसरमा आज दमकमा आयोजित रक्तदान कार्यक्रममा ९१ पिन्ट रगत संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा भएको रक्तदान कार्यक्रममा २४ महिला सहित ९१ जनाले रगत दान गरेको नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकका रक्त सञ्चार केन्द्र प्रमुख शिद्धार्थ दाहालले जानकारी दिनुभयो ।
आन्तरिक राजस्व कार्यालय दमकका निमित्त प्रमुख सन्तोष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं लागयतको उपस्थिती रहेको थियो । रक्तदान अघि करको बिषयमा सचेतना जगाउने प्ले कार्ड सहितको प्रभातफेरी निकालीएको थियो । आज बाट साप्ताहिक रुपमा बिभिन्न कार्यक्रम गर्दै कर सप्ताह समेत मनाईने आन्तरिक राजस्व कार्यालय दमकका कर अधिक्रित अर्जुन दाहालले जानकारी दिनुभयो । साप्ताहिक कार्यक्रम अन्तर्गत भोली कार्यालय परिषरमा बिभिन्न प्रजातिका फलफुलका बिरुवा रोपिने, पर्सि ३ गते दमक नगर भित्र रहेका सहकारीहरुलाई ईटिडिएसको बारेमा जानकारी गराउने, ४ र ५ गते माईकि, पर्चा पोष्टर र जानकारी मुलक कार्यक्रम गर्ने साथै ६ गते गौरिगञ्जमा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरी ७ गते दमक उद्योग बाणिज्य संघको सभाहलमा औपचारीक कार्यक्रम गरी कर सप्ताहको अत्य गरिने कार्यक्रम तय गरिएको कर अधिक्रित दाहालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here