प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, शनिबार फेरी डाइलासीस गरिने

0
873

१४ कात्तिक, काठमाण्डौ । स्वास्थ्यमा समस्या देखिए पछि बुधबार धापासीस्थित ग्राण्डी हस्पिटलमा भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको दुई पटक डाइलासीस गरिएपछि बिहिबार डिस्चार्ज गरिएको छ  ।

प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्नुपूर्व पत्रकार सम्मेलन गर्दै अस्पतालका निर्देशक तथा वरिष्ठ हाडजोर्नी प्रत्यारोपण विशेषज्ञ डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिए । बुधबार अस्पताल आउँदा प्रधानमन्त्रीको रगतमा क्रियाटिनिनको स्तर माथि भएकाले दुई पटक डायलाइसिस गरेपछि अवस्था सामान्य भएको डाक्टर पाण्डेले बताएका छन । पाण्डेका अनुसार प्रधानमन्त्री ओलीमा अहिले  संक्रमण पनि नदेखिएपछि अस्पतालबाट डिस्चार्जको निर्णय गरिएको हो । अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार गएपनि ओलीका निजी चिकित्सक डा. दिव्यसिंह शाहसहितको विज्ञ चिकित्सकको टोलीले प्रधानमन्त्रिसँगै रहि उहाँको निगरानी गरिरहने छन् ।

अरु दुई दिनको अवस्था अध्ययन गरेर प्रधानमन्त्रीको शनिबार पुनः डाइलासीस गरिने बताइएको छ । मृगौलाले काम नगरेपछि १२ बर्षअघि प्रधानमन्त्री ओलीको भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपणका झण्डै १० बर्षसम्म सामान्य दैनिकी विताएका ओलीलाई एक बर्षयता भने पटक÷पटक स्वास्थ्य समस्याले सताउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here