तिहारको उल्लासमा नेपाल, आइतबार लक्ष्मी पूजा गरियो

0
1721

१० कात्तिक, काठमाण्डौ ।   यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आइतबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँएको छ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आइतबार बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको थियो ।

विशेषगरी घरका झ्याल, ढोका, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिएको छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।

लक्ष्मी पूजाका अवसरमा गरिएको दिपावलीका कारण मुलुकभर झिलीमिली बत्तीको रौनक समेत छाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here