प्रधानमन्त्री ओली स्वदेश फिर्ता, प्रचण्डसँग खटपट नभएको प्रष्टोक्ती

0
744

१० कात्तिक, काठमाण्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच कुनै  खटपट नभएको बताएका छन ।

असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी भएर अजरबैजानबाट आइतबार स्वदेश फर्किएका ओलीले आफू र प्रचण्डबीच कुनै दूरी बढेको अवस्था नरहेको बताएका हुन । सञ्चारकर्मीहरुले प्रचण्डले स्वर्गीय नेता मदन भण्डारी र आफ्नो ओरिजिन एउटै भएको भनेर गरेको तुलनाबारे राखेको जिज्ञासमा ओलीले त्यसो हो भने दूरी बढेको नभइ घटेको भन्नुपर्ने बताए ।

‘उहाँले आफूलाई मदन मण्डारीसँग तुलना गरेको त मैले सुनेको छैन ओलीले भने –  यदि त्यसो हो भने पनि दूरी बढेको हैन, घटेको भन्नुपर्ला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here