दमक चुलाचुली कप कमल खेलकुद समितिको पोल्टामा

0
1163

दमक चुलाचुली कप कमल खेलकुद समितिको पोल्टामा
९ कार्तिक २०७६/डिकेश लामा
झापाको दमकमा जारी प्रथम दमक चुलाचुली कप २०७६ को शनिबार भएकोे खेलमा फेन्स क्लव बीआरसीलाई शून्यको विरुद्ध १ गोलले कमल खेलकुद समिति विजयी बनेकोे छ । खेल शुरु भएको २२ मिनेटमा विजयी टिमका जर्सी नम्बर १० का विनोद गुरुङ्गले गोल गरेका थिए । अति प्रतिष्पर्धात्मकरुपमा भएको फाइनल खेलमा म्यान अफ द म्याच घोषित गुरुङ्गले गरेको गोल नै विजयका लागि निर्णायक बनेको थियो ।

खेलमा प्रथम र दितीय हुने टिमले क्रमश नगद ५० हजार ५ र ३० हजार ५ रुपयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र खेल समापन कार्यक्रमका प्रमुख अथिति प्रदेश सांसद अर्जुन राई, दमक नगर पालिकाका मेयर रोमनाथ ओली लगायतले प्रदान गर्नु भएको छ । समापन कार्याक्रममा खेललाई सहयोग गर्ने दाता तथा संस्थालाई सम्मान पत्रले समान समेत गरिएको छ । गत अशोज २९ गते देखि भएको खेलमा १२ वटा क्लब स्तरीय टीमको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here