फेन्स क्वल विआरसी भूटान फाइनमा

0
793

फेन्स क्वल विआरसी भूटान फाइनमा
७ कार्तिक २०७६/डिकेश लामा
झापाको दमकमा जारी प्रथम दमक चुलाचुली कप २०७६ को विहीबार भएकोे खेलमा शान्तिदीपलाई १ को विरुद्ध ३ गोलले फेन्स क्लव विआसी भूटान विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ । निर्धारित ८० मिनेटको खेलमा कुनै पनि टिमबाट गोल हुन नसके पछि ट्राइव्रेकरमा विआरसी भूटानको जित सुनिश्चित बनेको हो ।

ट्राइव्रेकरमा विजयी टीमका तर्फबाट जर्सी नम्बर १३,७ र ११ क्रमश रुपेश केसी, अभिषेक राई र अन्जन गुरुङ्गले गोल गरेका छन् । यस्तै पराजित टीमको तर्फबाट जर्सी नम्बर १२ का मिन धिमालले १ गोल गरेका छन् । खेलमा विजयी टीमका रुपेश केसीलाई म्यान अफ द म्याच घोषित गरी पुरस्कार विहीबार भएको खेलको प्रमुख अतिथि दमक नगरपालिका सामाजिक व्यक्तित्व अम्बिका खनाल र वडा नं. ३ का अध्यक्ष नविन बरालले प्रदान गर्नु भएको छ । कार्याक्रमको मध्यान्हमा कार्याक्रमका प्रमुख अतिथि खनालले दमक नगर पालिकामा भएको एक मात्र संभवना बोकेको नगरको सवै भन्दा ठूलो खेलकूद मैदान र खेल विकासमा सवैले सहयोग गर्नु पर्ने बताउनु भयो ।


खेलमा प्रथम र दितीय हुने टिमले क्रमश नगद ५० हजार ५ र ३० हजार ५ रुपयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । भोली दोस्रो सेमिफाइनलको खेल कमल खेलकुद समिति र ध्रुवतारा स्पोर्टिङ्ग क्लव दमकबीच खेल हुने आयोजकले जानकारी दिएको छ । यस अघि कमलले गोर्खा स्पोर्टिङ्ग युवा क्लवलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको हो भने ध्रवतारा स्पोर्टिङ्ग युवा क्लव दमकले आयोजकलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here