बेलायतको एसिक्समा एउटा लरीमा ३९ वटा शब

0
588

६ कात्तिक, काठमाडौं ।  बेलायतको एसिक्समा एउटा लरी कन्टेनरभित्र ३९ वटा शव फेला परेका छन् । लरीमा ३८ जना वयस्क र एक किशोरको शव रहेको प्रहरीले जनाएको छ ।

वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडक ग्रेजमा शव भएको सूचना पाएपछि स्थानीय समयानुसार राति पौने २ बजेतिर एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेका थिए ।

हत्याको आशंकामा उत्तरी आयरलन्डका २५ वर्षीय लरी चालकलाई पक्राउ गरिएको छ । वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको छ र त्यहाँ प्रहरीले घेराबन्दी गरेको बीबीसीले जनाएको छ ।

घटनापछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले घटना दुःखद भएको र आफू स्तब्ध भएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here