विश्वले नै नेपालको संविधानको प्रशंसा गर्योः प्रम ओली

0
686

६ कात्तिक, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले नेपालको संविधानको प्रशंसा गरेको दावी गरेका छन ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘फ्युचर पोलिसी सिल्भर अवार्ड’ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वभरबाट नेपालको संविधानको प्रशंसा हुँदा पनि नेपालकै केही समुहहरु व्यक्तिगत कुन्ठा पालेर संविधानको विरोध गर्न तल्लिन भएको आरोप लगाए ।

उनले विश्वका विकसित मुलुकले गराउन नसकेको महिला सहभागिता नेपालले गराएको दाबी गरे । नेपालले लिएको शान्ति, समावेशी र विकासको ‘भिजन’ले ‘गोल्डेन अवार्ड’ जित्ने उनको भनाइ

नेपालको संविधान र नेपालले अंगीकार गरेको समावेशी र सामाजिक न्यायको बाटोवापत् सर्बियाको राजधानी बेलग्रेडमा यही अक्टोबर १६ मा अन्तर-व्यवस्थापिका संघको १४१औं सम्मेलनमा नेपाललाई ‘फ्युचर पोलिसी सिल्भर अवार्ड–२०१९’ प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here