एएफसी फुटसलमा ताजिकिस्तानसँग नेपालको लज्जास्पद हार

0
527

६ कात्तिक, काठमाडौं ।  एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले ताजकिस्तानसँग लज्जास्पद हार ब्यहोरेको छ ।

इरानको उर्मियामा बुधबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खाएको थियो ।

जितसँगै छनोटको सेन्टर र साउथ जोनमा रहेको ताजिकिस्तानले ३ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग बिहिबार खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here