टर्कीले गर्यो सिरियामा आक्रमण

0
546

२३ असोज, काठमाण्डौ ।  टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टामा स्थल आक्रमण सुरु गरेको छ । टर्कीका फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा पसेको बीबीसीले जनाएको छ ।

टर्कीका राष्ट्रपति रेजप ताय्यिप एर्दोआनले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्ने बताएका छन ।

तस्बिरःबीबीसी

अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीले गरेको हमलाको आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको छ । अमेरिकाको सो कदमले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको ठानिएको छ । बुधवार टर्कीको सेनाले सीमा क्षेत्रमा रहेका कैयौ सिरियाली नगरहरूमा हवाई हमला तथा गोलाबारी गरेको थियो ।  सो हमलामा कम्तीमा १० जना गैरसैनिक मारिएको बताइएको छ । टर्कीको हमलाको पश्चिमा मुलुकहरूले निन्दा गरेका छन । फ्रान्स, जर्मनी तथा ब्रिटेनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आह्वान गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here