उत्तरी सिरियामा कारबाही सुरु गरेको टर्कीको घोषणा

0
597
तस्बिरःबीबीसी

२२ असोज, काठमाण्डौ। उत्तरी सिरियामा कारबाही शुरू गरेको टर्कीले घोषणा गरेको छ।

सो कारबाहीका कारण अमेरिकी सैन्य साझेदार कुर्दिश नेतृत्त्वको सेनासँग युद्द हुने निश्चितप्रायः रहेको बीबीसीले जनाएको छ।

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले कारबाही शुरू गरिएको घोषणा गरेका हुन्।

एर्दोआनले टर्कीले उक्त स्थानलाई कुर्दिश मिलिसियारहित सुरक्षित क्षेत्र बनाउन चाहेको बताएका छन्। कुर्दिश नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफले टर्कीका युद्धक विमानहरूले सर्वसाधारणको बसोबास क्षेत्रमा आक्रमण गरेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विवादास्पद रूपमा उक्त क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्ने निर्णय गरेसँगै त्यहाँ पुनः अस्थिरता निम्तिने संकेत देखिएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here