चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण मिति तय, शनिबार नेपाल आउने

0
711

२२ असोज, काठमाण्डौ। नेपालको दुई दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपीङ शनिबार काठमाडौं आउनुहुने भएको । आइतबार उनी चीन फर्किने कार्यतालिका छ ।

सीको नेपाल भ्रमणको बेला नेपाल र चीनबीच द्विपक्षीय हीत र विभिन्न परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । राष्ट्रपति सीको भ्रमणलाई लिएर सरकारले स्वागतको भव्य तयारी गरेको छ ।

नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति सीको भ्रमणको समयमा प्रयोग हुने चारवटा बुलेट प्रुफ कार मंगलबार मात्रै चीनबाट ल्याइएको थियो । एयर चाइनाको कार्गो विमानमा ल्याइएका उक्त कार नेपालस्थित चिनियाँ दूतावासमा राखिएको स्रोतले जानकारी दिएको छ ।

नेपाल आउनु अघि राष्ट्रपति सी शुक्रबार भारत जानेछन् । सी को स्वागतमा राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्रिभोज समेत दिनेछिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here