मागअनुसार प्राप्त नहुँदा दमकमा दशैँका लागि नयाँ नोटको अभाव

0
507

असोज १७/
मागअनुसार प्राप्त नहुँदा दमकमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नेपाल राष्ट्र बैंकलेनै पर्याप्त रकम नदिँदा नयाँ नोटले माग धान्न नसकेको सिटिजन बैंक दमक शाखा प्रमुख पुष्कर कोईरालले बताउनु भयो । अघिल्ला बर्ष भैंm बैंकले नयाँ नोट पर्याप्त उपलब्ध नगराउँदा नयाँ नोटको अभाव भएको उहाँले बताउनु भयो ।
उता शानिमा बैंक दमक शाखाले पनि पर्याप्त नयाँ नोट नआएपछि आफुहरु संगै रहेका पुराना सफा नोटलाई बितरण गरेको शाखा प्रबन्धक सुबास ढुंगानाले बताउनु भयो । तर ग्रहकहरुले भने नयाँ नोटनै खोज्ने गरेकोले पुराना नोट लान नमानेको बताउनु भयो ।
नयाँ नोट सटहीको जिम्मेवारी पाएको नेपाल बैंकले सीमित रकम आएको भन्दै अन्य बैंक तथा वित्तीय संस्थालाई रकम उपलब्ध नगराउँदा सेवाग्राही थप समस्यामा परेका छन् । दशैँको समयमा बैंकमा हुने चापले अन्य बैंकमा खाता भएका सेवाग्राही पैसा झिकेर सटहीका लागि नेपाल बैंक पुगे पनि त्यहाँ रकम नपाउँदा निरास भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here