प्रधानमन्त्री ओली र चिनियाँ बिदेशमन्त्री यीबीच भेटबार्ता

0
429

२३ भदौ, काठमाण्डौ । तीन दिनको नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार अपरान्ह बालुवाटारमा भएको भेटवार्तामा दुईदेशिय सम्बन्धका बारेमा छलफल भएको थियो । त्यस्तै भेटमा प्रधानमन्त्री ओलीले नेपालको बिकासमा चीनले खेलेको भूमिकाको स्मरण गर्नुभयो । त्यस्तै उहाले समायानुकुल दइदेशियसम्बन्धलाई थप प्रगाढ गर्दै लैजानुपर्ने बताउनुभयो । नेपालको आर्थिक बिकास, सामाजिक रुपान्तरणका लागी चीनले सहयोग गर्ने बिदेशमन्त्री यीले बताउनुभयो । त्यस्तै विदेशमन्त्री यीले छिटै चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभयो । छलफलका क्रममा नेपाल र चीनबीच तीनवटा समझदारी पत्रमा हस्ताक्षर भएको बिषयमा पनि संक्षिप्त चर्चा भएको भट्टराईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here