सिडिओहरू संघीय सरकारको प्रतिनिधि मात्रै हुन नहुने मुख्यमन्त्री शेरधन राईको भनाई

0
517

भदौ २९/
प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले जिल्लाका सिडिओहरूले आफूलाई संघीय सरकारको प्रतिनिधि मात्र ठान्यो भने सुरक्षा अवस्था भरपर्दो नहुने र सुशासन पनि कायम हुन नक्सने बताउनु भएको छ ।
संघीय सरकारको गृह र प्रेदश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मोरंगको विराटनगरमा आज आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सबै जिल्लाका सिडिओहरूले साघुँरो सोचलाई नत्यागेमा सुरक्षा व्यवस्था भरपर्दो नहुने र सुशसान पनि कायम हुन नसक्ने बताउनु भएको हो ।
मुख्यमन्त्री राईले प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्न प्रदेशअन्तर्गत रहेका जिल्लाका सबै सिडिओहरूसँग आग्रह समेत गर्नु भयो । उहाँले प्रदेश १ मा जिल्ला प्रशासन र सबै सुरक्षा निकायसँग सहकार्यको अवस्था सुरुदेखि राम्रो भएकोले अझै राम्रो बनाएर जनअपेक्षाअनुसार सुरक्षा प्रदान गरेर जिम्मेवारी निभाउनुपर्नेमा जोड दिनुभयो । संघ, प्रदेश र स्थानीय तहको सहकार्य राम्रो भएमात्र समाजका सबैखाले अपराध नियन्त्रण हुने र शान्ति सुरक्षा भरपर्दो भएर जाने मुख्यमन्त्री राईले प्रष्ट पार्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here