भदौ १७
आगामी २० गते हुने दमक उद्योग बणीज्य संघको निर्वाचनको लागी उम्मेद्वारहरुले प्रचार प्रसार तिब्र पारेका छन् । बाणिज्य संघका २१ पदको लागी दुई वटा प्यानल चुनावी मैदानमा छन् भने द्वितिय उपाध्यक्ष र महिला सदस्यमा एक÷एक जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन् । उम्मेद्वारका टिमहरु आप्mनो पक्षमा जित सुनिश्चित गर्न यतिखेर व्यवसायीका पसल/पसल र घर/घरमा पुगिरहेका छन् ।
सत्तारुढ नेकपाको एकल चुनावी प्यानल बनेको छ भने कांग्रेस नेतृत्वमा बिभिन्न आठ दलहरु सामेल भएर लोकतान्त्रीक गठबन्धन चुनावी मैदानमा होमिएको छ । दुवै पक्षले आ–आप्mनो जित सुनिश्चित रहेको दावी गरेका छन् । नेकपाको प्रगतिशिल प्यानलले आज बिहान पत्रकार सम्मेलन गर्दै चुनावी प्रचारका धेरै कार्यक्रमहरु सञ्चालन गरेको जानकारी गराएको छ । प्रचार समितिका सम्योजक भगवान बस्नेतले सञ्चार माध्यम, सामाजिक सञ्जाल बाट प्रचार प्रसार तिब्र बनाउँदै मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी बिमल खतिवडाले आफुहरुले गत तिन बर्षमा गरेको काम हेरेर व्यवसायीले आँपैm मुल्यांकन गर्ने बताउनु भयो । उहाँले बिगतको बर्षमा आफुहरुले गरेको कामनै आप्mनो जितका दरिलो आधार रहेको बताउनु भयो ।
उता कांग्रेस नेतृत्वको लोकतान्त्रीक गठबन्धनले पनि आफुहरुको प्यानलैले जित्ने दाबी गरेको छ । व्यवसायीको ढाड सेक्ने गरी सरकारले कर लगाउँदा र दोहोरो करको मारमा पर्दा पनि बाणीज्य संघको नेतृत्वमा बसेर व्यवसायीका पक्षमा नबोल्नेलाई पुनः नेतृत्व गर्ने नैतिक आधार नभएको लोकतान्त्रीक समुहका अध्यक्षका प्रत्यासी गोकुल श्रेष्ठले बताउनु भयो ।