आगामी भदौ २० मा हुने दमक उद्योग बाणिज्य संघको निर्वाचनमा गोकुल श्रेष्ठ नेतृत्वको लोकतान्त्रीक गठबन्धनलाई समर्थन गर्ने संघका तिन पुर्व अध्यक्षहरुको घोषणा

0
1099

भदौ १८/
आगामी भदौ २० मा हुन लागीरहेको दमक उद्योग बाणिज्य संघको निर्वाचनमा संघका अधिकांस पुर्व अध्यक्षहरुले गोकुल श्रेष्ठको लोकतान्त्रीक गठबन्धनलाई समर्थन गर्ने जनाएका छन् । संघका तिन जना पुर्व अध्यक्षहरुले आज बिहान पत्रकार सम्मेलन गर्दै श्रेष्ठको गठबन्धनमा रहेको लोकतान्त्रीक समुहले मात्रै संघको हित गर्ने भन्दै आफुहरुको समर्थन लोकतान्त्रीक गठबन्धनलाई रहेको बताएका हुन् । पुर्व अध्यक्षहरु बिजय बराल, घनेन्द्रराज योङया र प्रकाश प्रसाईंले आफुहरुको समर्थन लोकतान्त्रीक गठबन्धनलाई रहेको बताउनु भएको हो । वर्तमान कार्यसमितिले व्यवसायीहरुबाट सदस्यता र बिभिन्न नाममा रकम असुलेर बाणीज्य संघलाई बैंक जस्तो आर्थिक संकलन गर्ने ठाउँ बनाएको भन्दै यहि कार्य समितिमा रहेकाहरु पुन नेतृत्वमा आए व्यवसायीहरुले संघका सदस्यता समेत लिन नसक्ने अवस्था आउने भन्दै आफुहरुले लोकतान्त्रीक गठबन्धनलाई समर्थन गरेको जनाएका हुन् ।
पत्रकार सम्मेलनमा पुर्व अध्यक्ष प्रसाईंले व्यवसायीहरुलाई चर्को सदस्यता शुल्क लगाएर रकम थुपार्नु भन्दा पनि संघले व्यवसायीका कानुनी, प्रशासनिक लगायत अन्य समस्यामा काम गर्नु पर्ने बताउनु भयो । त्यसैगरी पुर्व अध्यक्ष बरालले आफुले सुन्य अवस्थामा रहेको संघको भवन निर्माण सुरु गर्दा पनि व्यवसायी संघ न्युन सुल्क मात्रै सदस्यताको लागी लिएकोमा अहिले सामान्य व्यवसायीले सुल्क तिर्नै नसक्ने गरी सुल्क बढाएको भन्दै बिरोध गर्नु भयो । अर्का पुर्व अध्यक्ष सुब्बाले गोकुल श्रेष्ठको प्यानलले जितेर व्यवसायीको पक्षमा काम नगरे त्यसको सम्पुर्ण जिम्मेवारी आफुहरु लिन तयार भएको बताउनु भयो । सबै पक्षबाट समावेसी र योग्य टिम तयार भएको भन्दै लोकतान्त्रीक गठबन्धनलाई मतदान गरेर बिजयी गराउन सबै व्यवसायीलाई आग्रह समेत गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here