बैंक ह्याकिङ प्रकरणः ३ जना नेपाली पनि पक्राउ

0
523

१६ भदौं, काठमाण्डौ । नेपालका विभिन्न बैंकको ह्याक गरी करोडौ रुपैयाँ असुल गर्ने गिरोहबिरुद्ध अनुसन्धान जारी राखेको प्रहरीले ३ जना नेपालीलाई पनि पक्राउ गरेको छ । यसअघि घटनामा संलग्न भएको अभियोगमा ५ जना चिनिया र एक जना फ्रान्सेली नागरिक पक्राउ परिसकेका छन ।

उनीहरुलाई सघाएको आरोपमा तीन जना नेपाली पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले चिनियाँ ह्याकरविरुद्धको अप्रेसनमा उनीहरुले नेपाली रुपैयाँ साट्ने दुई मनि चेञ्जरको पहिचान गरेको हाे। महानगरीय प्रहरीपरिसर काठमाडौंको विशेष टोलीले चिनियाँ टोलीले २९ लाख ९९ हजार रुपैयाँबराबर अमेरिकी डलर साट्ने दुई मनि चेञ्जरका सञ्चालक र प्रबन्धकलाई पक्राउ गरेको छ।

परिसरका अनुसार ठमेलमा रहेको डेक्सो मनि चेञ्जर र नेपालय मनि चेञ्जरले अनधिकृत रुपमा चारजना चिनियाँलाई २८ हजार ८ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए। नेपाली रुपैयाँ सस्तोमा किनेर महंगोमा डलर बेच्ने डेक्सोका सञ्चालक वेदनाथ लामिछाने र नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा प्रत्यक्ष संलग्न रहेका नेपाललयका प्रबन्धक रेवती दवाडी समेत पक्राउ परेका छन्।

शनिबार बिहानदेखि एटीएमबाट पैसा निकाल्न थालेका चार जना चिनियाँले आलोपालो गरी ठमेलका यी दुई मनि चेञ्जरमा पुगेर पैसा साटिरहेको क्लोज सर्किट क्यामेरामा भेटिएको प्रहरीले दावी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here