अमेरिकामा फेरी गोलिकाण्ड, टेक्सासमा ५ जनाको हत्या

0
57
तस्बीरः रोयटर्स

१५ भदौ, काठमाण्डौ । अमेरिकाको  टेक्सास राज्यमा भएको गोलीकाण्डमा कम्तीमा ५ जना मारिएका छन् । अन्य कैयौँ घाइते भएको प्रहरीले बताएको छ। एकजना बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि  अन्धाधुन्धा गोली प्रहार गरेको बताइएको छ।

टेक्सासका पश्चिमी नगरहरू ओडेसा तथा मिडल्याण्डमा भएको यो घटनाका एक जना संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारिएको प्रहरीले जनाएको छ। ती संदिग्ध पुरुषले उनको गाडी रोक्ने ट्राफिक प्रहरीलाई सबै भन्दा पहिला गोली हानेका थिए। करिब ३० वर्ष हाराहारीका ठानिएका ती बन्दुकधारीले त्यसपछि हुलाक सेवाको एउटा ट्रक खोसेर नजिकैको मिडल्याण्ड नगर आवतजावत गर्दै लगातार गोली प्रहार गरेको बीबीसीले जनाएको छ ।

उनलाई प्रहरीले एउटा सिनेमाघर नजिकै गोली हानेर मारिदिएको बताइएको छ।  प्रहरी प्रवक्ताले बताए अनुसार कम्ती १६ जना घाइते भएका छन्। घाइतेमध्ये केही प्रहरी पनि रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here