१२ भदौ २०७६/
अध्यापन पेशा छाडेर व्यवसायमा लागेका दमकका युवा दिनेशप्रसाद सुवेदीले यस पटक दमक उद्योग बाणिज्य संघको बस्तुगत सदस्य पदमा उम्मेद्वारी दिएका छन् । दमकका युवा व्यवसायीमा अर्थ बाणिज्य क्षेत्रमा उच्च शिक्षा अध्ययन गरेका अधिकारीले ५ बर्ष काठमाण्डौं तथा झापाका विभिन्न क्याम्पसमा ५ प्राध्यपन समेत गराउनु भयो । दमक वडा नं. ५ मा लक्ष्मी काष्ठ फर्निचर तथा लक्ष्मी स–मीलका प्रोपाइटर रहेका सुवेदीले पछिल्लो समय न्यू मेची सप्लायर्स समेत संचालन गर्दै आएका छन् ।
उच्च शिक्षा अध्ययन गरेर व्यवसायमा प्रवेश गरेका सुवेदीलाई यो पटक बाणिज्य क्षेत्रको विकासमा राम्रो टेवा पुग्न सक्छ भन्ने आशाले प्रगतिशील प्यानलले बस्तुगत कोटाको कार्य समिति सदस्य पदमा छनौट गरेको बताइएको छ । सुवेदी विभिन्न व्यवसाय र व्यवसायजन्य संघसंस्थामा क्रियाशील रहेर कार्य गर्दै आएका छन् । हाल उनी फर्निचर तथा फर्निसिङ्ग संघ झापाको सह सचीव तथा नगरको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सुवेदीले भने, “म बाणिज्य क्षेत्रको विकाससँगै दमकको व्यवसायिक भविष्य निर्माणमा सहयोग गर्न मन लागेर निर्वाचनमा आएको हूँ, मलाई विश्वास छ यस पटक मलाई सवैले साथ दिएर नयाँ सोचका साथ काम गर्ने अवसर दिनु हुनेछ ।”
अर्थशास्त्र केन्द्रिय विभाग किर्तिपुर काठमाण्डौंबाट स्नाकोत्तर गर्नु भएका सुवेदीले आफूले अर्थशास्त्र अध्यययनको सैद्धान्तिक ज्ञानलाई व्यवसायमा रुपान्तरण गर्न थालेको ढेड दशक भईसकेको छ । २०३५ सालमा जन्मेका सुवेदीले दमकको हिमावीबाट प्रारम्भिक शिक्षा लिएर दमक बहुमुखी क्याम्पस हुँदै अर्थशास्त्र विषयबाट त्रिभुवन विश्व विधालयबाट स्नाकोत्तर गरेका छन् । आगामी भदौ २० गते हुने दमक उद्योग बाणिज्य संघको निर्वाचनमा सुवेदीको उम्मेद्वारीलाई व्यवसायीले चासोका साथ हेरेका छन् ।