मन्त्रीपरिषद बैठकः इतिहासमै भिडियो कन्फेरेन्सको प्रयोग (भिडियोसहित)

0
543

९ भदौ, काठमाण्डौ । नेपालमा इतिहासमै पहिलो पटक मन्त्रीपरिषदको बैठक भिडियो कन्फेरेन्समार्फत गरिएको छ । उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत नै मन्त्रीहरुलाई निर्देशन समेत दिए ।

प्रधानमन्त्री ओलीले मन्त्रालयगत जिम्मेवारीलाई गम्भीरतापूर्वक अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका हुन । बैठकमा प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य राम्रो रहेको र आवश्यक अन्य जाँच भइरहेको बताउनुभएको थियो । साथै उहाले आफ्नो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्ने सवैलाई धन्यवाद दिनुभएको पनि प्रवक्ता गोकुल बाँस्काटाले जानकारी दिए ।

 

भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी भएका थिए भने सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here