रबि लामिछाने ११ औं दिनमा हिरासत मुक्त

0
929

९ भदौ, काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख रुपैयाँ नगर धरौटी बुझाएर रिहा भएका छन्।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिए लगत्तै उनि नगद ५ लाख बुझाएर हिरासतमुक्त भएका हुन्। सोही मुद्दामानर्स अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी छन् भने पत्रकार युवराज कँडेल पनि ३ लाख धरौटीमा रिहा भएका छन । अब उनिहरु हिरासतमुक्त भएरै मुद्दाको किनारा नलागेसम्म मुद्दा लड्नु पर्नेछ ।

यो मुद्दामा सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मुलुकी फौजदारी संहिताको दफा १८५ अनुसार आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै लामिछाने, कँडेल र कार्कीलाई विपक्षी बनाउँदै आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला अदालत चितवनमा दायर गरेको थियो।

मुद्दा दायर गरिएसँगै आरोपीहरुको बयान र थुनछेक बहसपछि अदालतले आज यस्तो फैसला गरेको हो। उनीहरुलाई हदैसम्मको अर्थात् ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुनुपर्ने माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।

गत साउन २० गते चितवनको एक होटलमा पत्रकार पुडासैनी झुन्डिएको अवस्थामा फेला परेका थिए। लामिछानेले अब मुद्दाको किनारा नलागेसम्म बिदेश जान नपाउने र जानै परे चितवन अदालतको स्विकृती लिनुपर्नेछ भने उनले चलाउँदै आएको कार्यक्रममा सालिकराम प्रकरणबारे बोल्न पाउने छैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here