आसन्न दमक उद्योग बाणिज्य संघको निर्वाचनमा नेकपाबाट बिमाल खतिवडा नेतृत्वमा उम्मेद्वारहरु सार्वजनिक , लोकतान्त्रीक व्यवसायीको सझा प्यानलले भोली उम्मेद्वार सार्वजनिक गर्ने

0
663

भदौ ८/
उद्योग बाणिज्य संघ दमकको आसन्न निर्वाचनको लागी सत्तारुढ नेकपा निकट व्यवसायी प्रगतिशील व्यवसायी समुहले उम्मेद्वारी घोषणा गरेको छ ।
संघका वर्तमान बरिष्ठ उपाध्यक्ष विमल खतिवडाको नेतृत्वमा सर्वसम्मत रुपमा चयन भएका उम्मेद्वारहरु आज पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो । अन्य उम्मेद्वारहरुमा वरिष्ठ उपाध्यक्षमा देवी प्रसाद गुरागाइँ (गोपाल), प्रथम उपाध्यक्षमा युवराज घिमिरे, द्धितीय उपाध्यक्षमा घनश्याम खनाल, तृतीय उपाध्यक्षमा ज्ञाननाथ पौडेल(ज्ञानु) रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा भरत चम्लागाइँ, पदम प्रसाद न्यौपाने, राजकुमार थापा, रिङकुमार आचार्य, असिम राई, सुभाषचन्द्र गड्तौला र सुमन काफ्लेलाई उम्मेद्वार घोषणा गरिएको छ ।
त्यस्तै महिला सदस्यहरुमा चन्द्रकला निरौला अधिकारी(जमुना) र विन्दु सिटौला(लक्कि)को नाम घोषणा गरिएको छ । लेखा समिति संयोजकमा खोमप्रसाद बगाले साथै सदस्यहरुमा लाल बहादुर श्रेष्ठ र मोहन मगरलाई उम्मेद्वार घोषणा गरिएको छ ।
उम्मेद्वारी घोषणा कार्यक्रममा वक्ताहरुले यस अघिका स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा पार्टीले उठाएका प्रमुख मुद्धाहरुलाईनै केन्द्रित रहेर आप्mना विचार राखेका थिए । पार्टिका जिल्ला सदस्य अम्बिका खनालले मन्तव्य राख्दै औद्योगिक पार्क, बुद्ध मूर्ति र भ्यू टावरको योजनाको चर्चा गर्दै ति योजनाहरु पूरा गर्न वाणिज्य संघमा आफ्नो पार्टीको नेतृत्व आवश्यक भएको जिकिर गर्नुभयो ।
जिल्ला सदस्य गणेश बस्नेतले उम्मेद्वारका आकांक्षीहरु धेरै भएपनि पद सिमित भएका कारण सबैलाई अटाउन नसकिएको यथार्थ बुझेर एक ढिक्का भई चुनावमा होमिन आग्रह गर्नुभयो ।
अध्यक्षका उम्मेद्वार खतिवडाले आफू एक कार्यकालका लागि मात्रै अध्यक्षका लागि उम्मेद्वार बनेको र दोहो¥याएर अध्यक्ष नबन्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले संघमा सबैलाई जिम्मेवारी बाँडफाँड गरेर कार्यसम्पादन गर्ने पनि बताउनु भयो । यसै विच कांग्रेस नेतृत्वको लोकतान्त्रीक व्यवसायीहरुको साझा प्यानलले आप्mना उम्मेद्वारहरु भोली सार्वजनिक गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here