अमेरिकामा बन्धुकधारीबाट नरसंहार, २९ जना मारिए

0
671
तस्बिरः बीबीसी

१९ साउन, एजेन्सी । अमेरिकाका अलग/अलग राज्यमा भएका गोली काण्डमा २९ जना मारिएका छन ।

टेक्सस राज्यको एल पासोमा २० जनाको ज्यान जाने गरी भएको अन्धाधुन्ध गोली काण्डको घटना सेलाउन नपाउँदै आहायो राज्यमा भएको अर्को आक्रमणमा ९ जना मारिएका छन । अरु १६ जना घाइते भएका छन ।

ओरेगनको डेटनस्थित एउटा मदिरालय बाहिर भएको यो घटनाबारे पहिलो विवरण नेपाली समयानुसार बिहान १० बजेर ४५ मिनेटमा प्राप्त भएको बीबीसीले जनाएको छ ।  यसअघि आइतबार नै अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जना मारिएका थिए । एल पासो शहरमा भएको गोलीकाण्डमा अन्य २६ जना घाइते भएका छन् । टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको इतिहासमा यो घटना अहिलेसम्मकै भयानक मध्ये रहेको बताएका छन् । उनले घटना पुष्टि गर्दै हाल सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन् । एल पासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोली चलेको हो । यो क्षेत्र अमेरिका–मेक्सिको सीमा क्षेत्रको नजिकै पर्छ । अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षका व्यक्ति पक्राउ गरेका छन् । उनी एक्लैले गोली चलाएको अनुमान छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना निकै दुःखद रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here