सरकारका निर्णयमा न्यायालय बाधक बन्योः मन्त्री बाँस्कोटा

0
673

१९ साउन, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले गरेका निर्णयहरु न्यायलयले रोकेको प्रति असन्तुष्ठी जनाएका छन ।

मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारी निर्णयहरु न्यायलय पुगेर अड्कने गरेकोमा असन्तुष्ठी व्यक्त गरे । न्यायका लागि अदालत प्रवेश गरेका विषयलाई समयमै सम्बोधन गर्न सक्नुपर्ने उहनको भनाई छ ।  कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका छुट्टा छुट्टै निकाय भएकाले न्यायपालिकाकाले पनि पहिलो हेराईमा नै आफ्नो क्षेत्र भित्रको भए नभएको हेरेर निक्र्यौल गर्नुपर्ने उनको धारणा छ ।

केही दिन अघि सार्वजनिक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ७४/७५ अर्ब राजश्व अदालतमा मुद्धा परेका कारण अड्किएको बताएपछि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरराज खतिवडाले न्यायलय आर्थिक तराजुमा तौलिने विषय नभएको प्रतिक्रिया दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here