उद्योग बाणिज्य संघ दमकको निर्वाचनमा दलिय सक्रियता बढ्यो , कांग्रेस साना दलहरुसंग छलफल गर्दै , नेकपालाई उम्मेद्वार चयन चयन गर्न सकस

0
512

साउन १७/
दमक उद्योग बाणिज्य संघको आसन्न निर्वाचनको लागी दमकका व्यवसायीहरु विच निर्वाचन माहौल तातेको छ । व्यवसायीहरु निर्वाचनको लागी दलगत छलफलमा जुटेका छन् । आज नेकपा निकट र कांग्रेस निकट व्यवसायीहरुले आ आप्mनो रणनिति निर्माणको लागी अलग अलग छलफल गरेका छन् । नेकपा निकट व्यवसायीहरु दमक ८ स्थित बालुवाटारमा रहेको पूर्व माओवादी केन्द्रको कार्यालयमा भेला भएर उम्मेद्वारी र निर्वाचनको बिषयमा छलफल गरे भने कांग्रेस निकट व्यवसायीहरुले पनि दमक ९ स्थित कांग्रेस पार्टि कार्यालयमा छलफल गरेका छन् ।
नेकपा भित्र संघको अध्यक्षका आकांक्षी धेरै भएकोले उम्मेद्वार टुंग्याउन सकस परेको छ भने कांग्रेसले गोकुल श्रेष्ठलाई अध्यक्षको उम्मेद्वार बनाउने लगभग निर्णय गरिसकेको बुझिएको छ ।
संघको अध्यक्षका लागि नेकपा बाट वर्तमान अध्यक्ष राजेन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष विमल खतिवडा र प्रथम उपाध्यक्ष गोपाल गुरागाइँको नाम चर्चामा आएको छ । उद्योग बणिज्य संघको उम्मेद्वारहरु चलनको लागी पार्टीले ध्रुव भट्टराईको संयोजकत्वमा २९ सदस्यीय निर्वाचन परिचलान समिति र दुर्गा चौलागाइँको संयोजकत्वमा राजनीतिक वार्ता तथा समन्वय समिति समेत गठन गरेको छ ।
कांग्रेसले भने राप्रपा, संघीय समाजवादी, लिम्बुवान लगायत अन्य दलहरुसंगको सहकार्यमा चुनाव लड्ने तयारी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here