स्वच्छ आलोचना किमार्थ मानहानी हुन्नः प्रधानन्यायाधीश जवरा

0
637

१६ साउन, काठमाडौं  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले अदालतको स्वच्छ आलोचनालाई मानहानी मान्न नहुने बताएका छन ।

प्रधानन्यायाधीश जवराले अदालतको फैसलाको समेत स्वच्छ आलोचना हुनुपर्ने भन्दै मानहानी हुन्छ कि भनेर नडराई कलम चलाउन आग्रह गरेका छन्। चौथो रणनीतिक कार्ययोजनाका सम्बन्धमा बिहिबार सम्पादकहरूसँग कुरा  गर्दै उनले यस्तो बताएका हुन्।

न्यायपालिकाका हरेक कुरा पारदर्शी रहेको भन्दै कुनै अमुक व्यक्तिको कमजोरी भए निर्मम रुपमा कलम चलाएर समीक्षा गर्न उनले आह्वान गरेका छन । प्रधानन्यायाधीश राणाले आफु सरल, स्वच्छ र स्वतन्त्र न्याय सम्पादन गर्दै न्यायालयलाई स्वतन्त्र, निष्पक्ष बनाउने प्रतिवद् रहेको प्रष्ट्याएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here