रजिस्टेशन शुल्कमा २५ प्रतिशत छुट दिने सरकारी व्यवस्थाले झापामा जग्गा कारोबार गर्ने महिलाको संख्या बढ्यो

0
405

साउन १६/
रजिस्टेशन शुल्कमा २५ प्रतिशत छुट दिने सरकारी व्यवस्थाले झापामा जग्गा कारोबार गर्ने महिलाको संख्या बढेको पाइएको छ । भूमिसुधार तथा मालपोत कार्यालय झापाका अनुसार महिलाको नाममा जग्गा खरिद गर्दा राज्यले रजिस्टेशन शुल्कमा २५ प्रतिशत छुट दिने तथा जिल्लाका अधिकांश युवा वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने गरेकोले जग्गा कारोबारमा महिलाको संख्या बढेको हो । गत आर्थिक वर्ष ०७५÷०७६ मा माई पूर्वका स्थानीय तहहरूमध्ये कनकाई, बिर्तामोड, अर्जूनधारा, मेचीनगर र भद्रपुर नगरपालिका साथै बुद्घशान्ति, कचनकवल, हल्दीवारी, झापा र बाह्रदशी गाउँपालिकाबाट जम्मा २५ हजार १७ वटा रजिस्टेशन पास भएको मध्ये महिलाको नाममा १५ हजार १ सय २३ वटा जग्गा रजिस्टेशन पास भएको सूचना अधिकारी तथा मालपोत अधिकृत दीपेन्द्र खत्रीले जानकारी दिनुभयो ।
सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिसत छुट दिने गरेको छ । महिलाको नाममा जग्गा पास गर्दा छुट पाईने भएकोले पनि जग्गामा महिलाको स्वामित्व बढ्दै गएको मालपोत अधिक्रित खत्रीले बताउनु भयो । त्यसका साथै युवावर्गहरु वैदेशिक रोजगारीमा घर व्यवहारको कारोबार महिलाले गर्ने भएकोले पनि जग्गामा महिलाको स्वामित्व बढेको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here