मंसिरमा उपनिर्बाचन गराउने तयारीमा आयोग

0
619

१६ साउन, काठमाडौं   निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा मंसिरमा उपनिर्वाचन गराउने गरीको तयारीमा जुटेको छ । यसका लागि आयोगले मसिंर १४ गतेको मिति उपयुक्त हुने भन्दै सरकारलाई सिफारिस गरेको छ।

आयोगले निर्वाचनका लागि उक्त मिति उपयुक्त हुने भन्दै बिहिबार सिफारिस गरेको निर्वाचन आयुक्त इश्वरी पौडेलले जानकारी दिए । आयोगले सर्वपक्षीय छलफलका लागि राजनीतिक दलहरुसँग गरेको परामर्शपछि सरकारलाई यस्तो सिफारिस गरेको हो । कानुनअनुसार निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारलाई रहेको छ। मन्त्रिपरिषद्ले मिति घोषणा गर्नुपर्ने हुन्छ।   तीन वटै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगको सुझाव दिएको हो। प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here