स्कूल बिभाग विवादले रन्थनिएको नेकपा

0
747

१३ साउन, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) बिभागीय नेतृत्वका बिषयले कचुंगल फसेको छ । पार्टीभित्रको अन्य विभागको नेतृत्व लगभग टुंगिए पनि स्कूल विभागको बिषयले नेकपालाई चलायमान हुनै नसक्ने जस्तो अवस्था सृजना गरेको छ ।

स्कूल विभागको नेतृत्वमा विभिन्न नेताहरुको दाविले नेतृत्व पंत्ति समेत अप्ठ्यारोमा परेको छ । नारायणकाजि श्रेष्ठ, ईश्वर पौडेल,  घनश्याम भुषाल र बेदुराम भुषालले स्कूल विवाद दावी गरेपनि एक अर्कालाई स्विकार्ने अवस्था नरहेपछि विकल्पबारे छलफल गरेका अध्यक्षद्वयले समेत त्यसबारे सहमति जुटाउन नसक्दा सोमबार बसेको सचिवालय बैठक पनि औपचारिकतामा मात्र सिमित भएको छ ।

स्रोतका अनुसार बैठकको सुरुमा नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विभागहरुबारे अहिले छलफल नगरौं’ भन्ने प्रस्ताव राखेका थिए । त्यसमा अरु नेताहरुले पनि सहमति जनाएपछि कुनै छलफल नभएको एक नेताले बताए । स्कुल विभागबारे सहमति जुटाउन नेताहरुबीच पटकपटक छलफल भए पनि कुरा मिलेको छैन । बैठकमा प्रदेश समन्वय समिति र विशेष समितिबारे सामान्य छलफल भएको छ । यसमा पनि गृहकार्य नपुगेकाले सबैसँग रुचीबारे सोध्ने र २८ गते बैठक बस्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here