बोरिस जोनसनबाट बेलायती प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण

0
611
तस्बिरःबीबीसी

९ साउन, एजेन्सी । बेलायतको सत्ताधारी कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएका बोरिस जोनसनले प्रधानमन्त्रीको  पदभार ग्रहण गरेका छन्।

तस्बिरःबीबीसी

बकिङघम दरबारमा महारानी एलिजावेथ द्वितीयालाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिंग स्ट्रिटमा फर्किएर जोनसनले देशवासीका नाममा बुधबार सम्बोधन समेत गरेका छन । त्यसक्रममा आफूलाई महारानीले नयाँ सरकार गठन गर्न निम्तो दिएको र आफूले त्यसलाई स्वीकार गरेको उनले जानकारी दिए।

सो क्रममा जोनसनले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रीत बनाउने उल्लेख गरेका छन । आगामी ३१ अक्टोबर भित्र यूके युरोपेली संघबाट अलग भइसक्नेमा आफू विश्वस्त रहेको उनले बताएको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here