फेसबुक पनि रहेन सुरक्षित, जरिवानाले पर्दैछ संकटमा

0
1225

९ साउन, एजेन्सी ।  गोपनीयता व्यवस्थापन गर्न नसकेको आरोप खेपेको सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो जरिवाना रकम तिर्नुपर्ने भएको छ ।

अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। सो जरिवाना तिरेपछि पनि उसले उन्मुक्ति भने पाउने छैन । व्यक्तिगत विवरणहरुलाई सुरक्षीत राख्न फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। सो समिति फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकर्बर्गको नियन्त्रण भन्दा बाहिर रहने एफटीसीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताहरूको डेटा प्राप्त गरेको आरोपको जाँच गरेको थियो। सो जाँचमा ‘फेसियल रिकग्निसन’ भनिने अनुहार चिनिने प्रविधि लगायतलाई पनि सामेल गरिएको थियो । सो जाँचमा गोपनियता भंग हुने अनेकौं सूचनाहरु बाहिरिएको उल्लेख छ ।  फेसबुकले हाल गरिरहेको गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्ण रूपले गोपनीय संस्कृति विकास गर्न अर्ब जरिवाना गरिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here