नाइजेरियामा मलामीमाथी आक्रमण, ६५ जनाको मृत्यु

0
508

१३ साउन, काठमाण्डौ । नाइजेरियामा आतंकबादी समुह बोको हरामले मलामीमाथी आक्रमण गरेको छन । उक्त आक्रमणमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ। बोर्नो प्रान्तमा एउटा अन्तिम संस्कारमा सहभागीहरूमाथि ‍अन्धधुन्दा गोली चलाइएको थियो।

प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार मोटरसाइकल र गाडीमा आएका बन्दुकधारीहरूले शनिवार बोर्नो प्रान्तको माइदुगुरीनजिकै रहेको गाउँमा गएर उक्त आक्रमण गरेका हुन्। त्यहाँ कैयौँ मलामीहरूको गोली लागेर मृत्यु भयो भने आक्रमणकारीलाई लखेट्दा अरूले पनि ज्यान गुमाए। उक्त क्षेत्रमा इस्लामवादी लडाकुहरूले केही समययता हिंसात्मक घटना बढाएका छन्।स्थानीय सरकारी अधिकारी मोहम्मद बुलामका बुझाइमा उक्त आक्रमण दुई साताअघि स्थानीय बासिन्दाहरूद्वारा ११ जना बोको हरामका लडाकु मारिएको घटनाको बदला लिन गरिएको हुन सक्छ।नाइजेरियाका राष्ट्रपति मुहमदु बुहारीले आक्रमणको भर्त्सना गरेका छन्। क दशक लामो द्वन्द्वका कारण दशौँ हजार मानिस मारिएका छन् भने २० लाखभन्दा बढी विस्थापित भएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here