चन्द्रयान – २ प्रक्षेपणसँगै भारत चौथो अन्तरिक्ष शक्ति बन्ने होडमा

0
504

६ साउन, एजेन्सी । भारतको सोमबार चन्द्रयान–२  प्रक्षेपण गरेको छ । भारतको आन्ध्रप्रदेशस्थित श्रीहरिकोटाको सतिश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिएको हो । यो प्रक्षेपणसँगै भारत चौथो अन्तरिक्ष शक्ति बन्ने होडमा लम्किएको छ । यसअघि गत जुलाई १५ मा नै प्रक्षेपण गर्ने भनिएको चन्द्रयान–२ को प्रक्षेपण अन्तिम समयमा आएर स्थगित गरिएको थियो । सन् २०१८ को अक्टुबरमा नै प्रक्षेपण गर्ने लक्ष्य रहेको चन्द्रयान–२ को प्रक्षेपण मिति चार पटक सारिएको थियो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान इसरोले यसअघि चन्द्रयान–२ मा देखिएको सबै प्राविधि गडबडी सुधारिएको र प्रक्षेपण गरिएको जनाएको छ । चन्द्रयान–२ आगामी सेप्टेम्बर ७ अर्थात ४८ दिनमा चन्द्रमाको सतहमा अवतरण गर्नेछ । छोटो समयमा नै चन्द्रमामा पुग्नु पर्ने भएकाले चन्द्रयान–२ ले पृथ्वीको परिक्रमा ५ पटक गर्नु पर्नेमा अब ४ पटक मात्रै गर्ने भएको छ ।  सूर्यको प्रकाश बढी भएको चन्द्रमाको दक्षिणी क्षेत्रमा यो चन्द्रयान–२ ले अवतरण गर्नेछ । उक्त क्षेत्रमा सेप्टेम्बर २१ देखि सूर्यको प्रकाश कम हुँदै जाने भएकाले उक्त समयभन्दा १५ दिन अगावै चन्द्रयान–२ चन्द्रमामा पुग्नु पर्ने छ ।

चन्द्रयान–२ लाई भारतको शक्तिशाली रकेट जीएसएलवी मार्क–३ मार्फत प्रक्षेपण गरिनेछ । यो चन्द्र्रयान–को तौल ३ हजार ८ सय ७७ किलो रहेको छ । चन्द्रयान–१ अभियानभन्दा यसको तीन गुणा बढी तौल हो । चन्द्रयान–२ मार्फत चन्द्रमामा पठाइएका यन्त्रहरु अर्बिटर, ल्याण्डर तथा रोवरले चन्द्रमा सम्बन्धी विभिन्न खोजअनुसन्धान गर्नेछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here