दमक बहुमुखी क्याम्पसका नव नियुक्त क्याम्पस प्रमुख डाक्टर नेत्रबहादुर बुढाथोकीको पदस्थापन सम्पन्न

0
442

साउन ६/
दमक बहुमुखी क्याम्पसका नव नियुक्त क्याम्पस प्रमुख डाक्टर नेत्रबहादुर बुढाथोकीले आज आप्mनो जिम्मेवारी सम्हाल्नु भएको छ । क्याम्पसमा आज एक कार्यक्रमका विच निवर्तमान क्याम्पस प्रमुख उत्तम भट्टराईको बिदायीका साथै नव नियुक्त प्रमुख बुढाथोकीको पदस्थापन गरिएको हो ।
आप्mनो जिम्मेवारी ग्रहण गर्दै नव नियुक्त क्याम्पस प्रमुख डाक्टर बुढाथोकीले दमक बहुमुखी क्याम्पसलाई प्रदेश नम्बर १ कै शैक्षिक हब बनाउने आप्mनो योजना सुनाउनु भयो । क्याम्पसमा सञ्चालित बिभिन्न शैक्षिक कार्यक्रमहरुलाई सफल बनाउन सबै पक्षको सहकार्यमा अघि बढ्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष देवी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष पुर्णानन्द शर्माले क्यापसको उन्नती र प्रगतिका लागी कसैले पनि राजनीति गर्नु नहुने बताउनु भयो । राजनिति भन्दा माथि उठेर क्याम्पसको नेतृत्वमा सक्षम व्यक्ति चयन गरेकोमा सञ्चालक समितिलाई उहाँले धन्यबाद समेत दिनुभयो । पिएचडी होल्डर क्याम्पस प्रमुख पाउनु गौरबको बिषय भएको भन्दै उहाँले बुढाथोकीको क्षमता र शिपलाई क्याम्पसले उपयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा दमक क्याम्पसका स्ववियु सभापति विनोद चापागाईं, कर्मचारी संघ दमक क्याम्पस अध्यक्ष पदम घिमिरे लगायतले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here