अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ६० जनाको मृत्यु , विभिन्न राजमार्गमा भत्किएका पुलमा तत्काल बेलिब्रिज बनाउने र घाइते सबैको उपचार व्यहोर्ने सरकारको निर्णय

0
973

असार २९/
अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले अपरान्ह साढे ४ बजे अपडेट गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २४ महिला र ३६ पुरुषको ज्यान गएको छ ।
प्रहरी प्रधान कार्यालयकाअनुसार ३८ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने २६ जना बेपत्ता भएका छन् ।
अहिलेसम्म एक हजार ४४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १ मा १७, प्रदेश नं २ मा सात, प्रदेश ३ मा १२, प्रदेश ५ र ६ मा दुई­दुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ५० जनाको ज्यान गएको हो ।
यसै विच सरकारले बाढी र पहिरोले भत्काएका विभिन्न राजमार्गमा भत्किएका पुल तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको छ ।
आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी पहिरो र डुबानपीडित नागरिकलाई राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।
मन्त्री बाँस्कोटाले बाढी पहिरो र डुबानले घाइते भएका सबैको उपचार सरकारले व्यहोर्ने जानकारी दिनुभयो ।
पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगे थप पैसा दिने निर्णय पनि सरकारले गरेको छ ।
सरकारले सबै सुरक्षा अंग र सरकारी निकायलाई तयारी हालतमा रहन पनि निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here