मन्त्रीपरिषदको आकस्मिक बैठक अनिर्णित, बेलुका पुनः बस्ने

0
637

२४ असार, काठमाडौं । मंगलबार सबेरैदेखि बसेको मन्त्रिपरिषद बैठक अनिर्णित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बसेको बैठक बिना कुनै निर्णय सकिएपछि बेलुका प्रधानमन्त्री निवास  बालुवाटारमा बस्ने गरी स्थगित गरिएको छ ।

बैठकमा सरकारका काम कारबाहीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए । बैठकमा कृषि मन्त्री चक्रपाणि खनाल र वन मन्त्री शक्ति बस्नेत अनुपस्थित भएको र उनीहरुको सहभागितामा बेलुका प्रधानमन्त्री निवास बालुवाटरमै बैठक बस्ने गरी बैठक टु‌ंगिएको हो । यसअघि बैठक चलिरहेका बेला बाणिज्य मन्त्री मातृका यादव बैठकबाट बाहिरिएपछि विवाद भएको आंकलन गरिएको छ । भारतबाट आयातीत तरकारीको विषादी परिक्षण गर्ने निर्णयबाट पछि हटेको सरकारको चर्को आलोचना भएपछि सोमबारको बैठकमा यसबारे रिपोर्टिङ सुनेका प्रधानमन्त्री ओलीले ठोस निर्णय गर्न आकस्मिक बैठक डाकेको सार्बजनिक भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here