बिभिन्न मुलुकका चार राजदूतको नाम सुनुवाई समितिबाट अनुमोदन

0
494

२३ असार, काठमाण्डौ । सरकारले विभिन्न देशका लागि प्रस्ताब गरेका राजदूतको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ ।

संसदीय सुनुवाई समितिको सोमबारको बैठकबाट विभिन्न देशका लागि प्रस्तावित चार राजदूतको नाम अनुमोदन भएको हो । सुनुवाईका क्रममा अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस महेशराज दाहाललाई सांसदहरूले ग्रिनकार्ड होल्डरबारे विभिन्न प्रश्न गरेका थिए । समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अनुसन्धानै नगरी दाहाललाई राजदूतमा सिफारिस गरेको आरोप लगाउनुभएको थियो । ग्रिनकार्ड होल्डरवालालाई सरकारले सिफारिस गरेर संसदप्रति हेपाहा प्रवृत्ति देखाएको कार्कीको जिकिर छ । नेकपाको सांसद योगेश भट्टराईले सार्वजनिक पद धारण गरेका व्यक्तिका सम्बन्धमा नेपालको संविधानले व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाले त्यहाको स्थाई अनुमति त्यागेको खण्डमा विचारणीय हुन सक्ने बताउनुभयो । समितिले बंगलादेशका लागि प्रस्तावित राजदुत डा. बंशीधर मिश्र, कतारका लागि प्रस्तावित राजदुत नारद भारद्वाज, अस्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि राजदुत दावाफुटी शेर्पाको नाम अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिले अनुमोदन गरेपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here