विश्वकप क्रिकेटः सेमिफाइनल खेल आजदेखि, भारत र न्यूजिल्याण्ड प्रतिस्पर्धामा

0
574

२४ असार, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुदैछन । पहिलो सेमिफाइनल खेलमा दिउँसो सवा ३ बजेदेखि उपाधि दाबेदार भारत र र न्युजिल्यान्डबीचमा प्रतिस्पर्धा हुदैछ ।

यी दुई टोलिबीच लिग चरणको खेल बर्षाले बिथोलिएकाले कसले जित्ला भन्न गारो छ । यद्यपी शसक्त मानिएको अष्ट्रेलीयालाई हराइसकेको भारत तुलानात्मक रुपमा न्यूनिल्याण्ड भन्दा बलियो मानिएको छ । लिग चरणमा भारतले शीर्ष स्थानमा रहंदै सेमिफाइनलमा स्थान बनाएको हो । भारतले खेलका ९ खेलमध्ये सातमा जित, एकमा हार र एकमा अंक बाँड्दै १५ अंक बनाएको छ । न्युजिल्यान्ड भने लिग चरणमा चौथो हुँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here