२३ असार, दमक असार । घर नक्साफाट काम गर्दा भ्रष्टाचार गरेको आरोपमा जागिरबाट निकालिएका सुनसरीको इटहरी उपमहानगरपालिका प्राविधिक रामवहादुर खड्काले उपमहानगर प्रमुख द्धारिकलाल चौधरीले आफ्नालाई जोगाउन आफुलाई भ्रष्टाचारीको आरोप लगाएका छन ।
मोरङगको विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी खड्काले घरनक्सा पास गर्दा आर्थिक चलखेल नगरेको र आफु निर्दोष रहेको दाबी गरे । नक्सा फाँटका प्राविधिक खड्कालाई इटहरी वडा ९ का चाणक पोखरेलकी श्रीमती रिता पोखरेलको घरको तल्ला थप गर्न घर नक्सा पास गर्दा आर्थिक लेनदेन गरेको आरोप लागेको छ । त्यही विषयलाई लिएर खड्कालाई जागिरवाट निकालिएको थियो । उनले रिता पोखरेलको घरनक्सा पासका लागि आफुुले कुनै हस्ताक्षर नगरेको, नगर प्रमुख चौधरीका आफन्त मनोज चौधरीले सवै ठाउँमा हस्ताक्षर गरेको र आफन्तलाई जोगाउन नगर प्रमुखले जर्वजस्ती आफुलाई आरोप लगाएको गुनासो गरे । खडकाले यस विषयमा सत्यतथ्य छानविन गर्न माग समेत गरेका छन । आफू सँधै इमान्दार भएर काम गर्दा पनि आफुलाई भ्रष्ट कर्मचारी भनेर नगर प्रमुख चौधरीले उपमहानगरको जागिरवाट निकालेर अन्याय गरेको उनले गुनासो गरेका छन ।