माक्स लगाउनेप्रति प्रधानमन्त्रीको ब्यंग्य ‘सरकारको विरोध गर्न अरु उट्पट्याङ पाइएन’

0
892

२० जेठ, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोधका लागि अब मास्कको समेत प्रयोग हुन थालेको आरोप लागाएका छन् ।

पूर्व नयाँ शक्ति पार्टीका नेताहरुलाई नेकपा प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले सरकारको विरोधका लागि नै केही मानिसले सम्झिएर मास्क लगाउन थालेको बताएका हुन् । ‘मास्क लगाउनुपर्छ भनेर केहीले सम्झेर मास्क लगाउन थालेका छन्, सरकारको विरोधका लागि। मेरो शुभकामना छ, मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ। मेरो रिसले भए पनि मास्क लगाइदिनुस्’  ओलीले भने । अरु उपद्रो मच्चाउन नपाएपछि माक्स लगाएर सरकारको विरोध गरिएको उनको आरोप छ ।केही दिन अघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा अहिले मास्क लगाउने अवस्था नरहेको भनेपछि सामाजिक सञ्जालमा यसको अलोचना भइरहेको थियो । विपक्षीले आलोचना गर्नु स्वभाविक भएको ओलीको भनाइ थियो । चुनाव पनि जित्न नपाउनु र आलोचना पनि गर्न नपाउनु उपयुक्त नहुने ओलीको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here