अमेरिकाप्रति असन्तुष्टी कायमैः उत्तर कोरिया

0
610
तस्बिरःबीबीसी

१९ जेठ, काठमाण्डौ । परमाणु हतियार निशस्त्रीकरणका लागि प्रयासरत उत्तर कोरियाले अमेरिकासँगको असन्तुष्टी यथावत रहेको संकेत गरेको छ ।

तस्बीरःबीबीसी

उसले अमेरिकालाई ‘शत्रुतापूर्ण व्यवहारबाट डगमग नभएको’ आरोप समेत लगाएको छ। दुई देशबीच परमाणु सम्बन्धी वार्तालाई पुन: सुचारू गर्नका लागि सम्झौता भएपछि प्योङ्याङ्‍को त्यस्तो भनाई बाहिरिएको हो। संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाली प्रतिनिधिमण्डलले बुधवार अमेरिकाले ‘प्रतिबन्धहरूप्रति आशक्ति देखाएको’ बताएको थियो। उसले वासिङ्टनलाई कोरियाली प्रायःद्वीपको शान्तिपूर्ण अवस्थालाई अवमूल्यन गर्ने प्रयास गरेको आरोप लगाएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली समकक्षी किम जङ्-अनसँग आइतबवार कडा सैन्य तैनाथी हुने दुई कोरियालाई छुट्याउने असैनिकीकृत क्षेत्र (डीएमजेड)मा भेटेपछि उत्तर कोरियाको यस्तो बक्तब्य बाहिरिएको हो । यो बक्तव्यसँगै परमाणु हतियार निशस्त्रीकरण सम्बन्धी अवरूद्ध वार्ता पुन: सुचारू होला भन्नेमा आशंका थपिएको टिप्पणीहरु हुन थालेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here