१९ जेठ, काठमाण्डौ । कोपा अमेरिका फुटबलको उपाधिका लागि पेरुले ब्राजिलको सामना गर्ने भएको छ । बिहीबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा पेरुले साविक विजेता चिलीलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो । यसअघिका दुई संस्करणमा उपाधि हात पारेको चिली यो संस्करणमा पनि बलियो टोलीका रुपमा हेरिएको थियो । तर, पेरुले हराएसँगै चिली अन्तिम चारबाटै बाहरिएको छ । चिलीविरुद्ध पेरुले खेलको २१ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । पेरुका लागि पहिलो गोल इडिन्सन फ्लो्रेजले गरेका थिए । त्यस्तै, खेलको ३८ औं मिनेटमा योसिमार योटुनले गोल गर्दै चिलीविरुद्ध दोहोरो अग्रता बनाएका थिए भने खेलको इन्जुरी समयमा गोल गर्दै पाओलो गुर्रेरोलेले गोल गर्दै टिमलाई ३-० को गोल दिलाएका थिए । फाइनल खेल सोमबार हुनेछ । यसअघ पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिलले फाइनलमा स्थान बनाएको थियो ।