नेपालमा पहिलोपटक ‘द पोएट आइडल’ हुने
नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो ।
अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइनआवेदन दिन सक्नेछन् । शोका लागि अडिसन खुला भएको छ । पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो ।हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार र गायकसँग भेट हुन्थ्यो । कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन । स्टार भएकोमहसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं ।’
उक्त शो पनि 'गामवेसी कवि' क्षेत्रप्रताप अधिकारी प्रति समर्पित गरिएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुपबराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् ।
होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकीनेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ ।
कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।
चाडवार्ड नसकिंदै किसानहरुलाई धान काट्ने चटारो , जनशक्ति अभाव हुँदा पाकेको धान भित्र्याउन कठिनाई
कात्तिक १४ /
चाडबाड सक्किन नपाउदै किसानहरुलाई धान काट्न चटारो परेको छ । नेपालीहरुको महान चाड दशैँ सकिए लगत्तै तिहारको मुखमा धान पाक्नाले किसानहरुलाई धान...
संघीय संरचना अनुसार शिक्षा नीति माथि छलफल
दमक/ संघीय संरचना अनुसार शिक्षाको ढाँचा र नीति कस्तो हुनु पर्छ भन्ने विषयमा आज दमकमा शिक्षाको समसामयिक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल शिक्षा शास्त्री...
आममाफी दिएको ओलीको घोषणा, अपमान सहेर नबस्ने नेपालको चेतावनी
काठमाडौँ- नेकपा एमालेको विवाद निर्णायक विन्दुतर्फ अघि बढेको छ । भरसक पार्टी जोगाउने बताउँदै आएका दुबै पक्षका दोस्रो तहका नेताहरुले बताइरहँदा अध्यक्ष केपी शर्मा...
रवि लामिछानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
काठमाडौं। रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि उनले शुक्रबार राजीनामा दिएका हुन्।
सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?
काठमाडौं । समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त...
चिनियाँ टोलीद्वारा दमकको औद्योगिक क्षेत्रको अवलोकन
३ देखि ४ महिनामा शिल्यान्यास गर्ने तयारी
दमक/ झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको आज चीनको एक उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको छ...
साहित्यिक श्रष्टा लिलबहादुर श्रेत्री स्वीकारोक्ति सिद्धि पुरकारबाट सम्मानित
भारतको आसाम निवासी नेपाली साहित्यिक श्रष्टा लिलबहादुर क्षेत्रीलाई स्वीकारोक्ति फाउण्डेसनको स्वीकारोक्ति विश्व यात्रा २०२३ को अभियानका दौडानमा क्षेत्रीलाई ६ लाख नेपाली नगद...
डा.केसी आज पनि प्रहरी हिरासतमै
२५ पौष, काठमाडौ । प्रा. डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज बयान मात्र भएपछि उनि अझै प्रहरी हिरासतमै रहनुपर्ने भएको छ ।
सर्वोच्चको...
१२ बर्षपछि ब्राजिललाई कोपा अमेरिका कपको उपाधि
२३ असार, काठमाडौं । आयोजक राष्ट्र ब्राजिलले १२ बर्षपछि कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।
आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३-१ गोल...















