रवि लामिछानेको पासपोर्टमाथि अनुसन्धान सुरु, कागजात झिकाउने निर्णय

0
126

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मगाएको छ ।

रवि विरुद्ध परेको जाहेरीमाथि छानबिन गर्न आवश्यक कागजात मगाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय, राहदानी विभागबाट जारी भएका नागरिकता, राहदानी र अध्यागमन विभागबाट पनि आवश्यक कागजात मगाएको उनको भनाइ छ ।

युवराज पौडेलले जिल्ला प्रहरी परिसरमा निवर्तमान गृहमन्त्री रवि लामिछानेले कायम नभएको नागरिकता चलाएको र झुठा विवरण दिएर राहदानी बनाएको भन्दै जाहेरी दिएका थिए। काठमाडौं प्रहरीले उक्त जाहेरी दर्ता गर्न नमानेपछि पौडेलले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए।

सरकारी वकिल कार्यालयले जाहेरीमा उल्लेखित विवरणहरू हेरेर दर्ता गर्नुपर्ने भए दर्ता गर्न र नपर्ने भए नगर्न प्रहरीलाई निर्देशन दिने बताइएको छ ।

नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछाने दोषी ठहर भएसँगै उनको गृहमन्त्री पद गुमेको थियो । त्यसपछि उनले पुनः जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता सक्रिय बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here