चुलाचुलीका बिद्यालयको कक्षा ८ को परिक्षाफल सप्तरङ्गी एफ.एम. बाट सार्वजनिक

0
600

बैसाख २३/
ईलामको चुलाचुली गाउँपालीकाको शिक्षा शाखाले आज गाउँपालीकाको कक्षा ८ को बार्षिक परिक्षाको परिक्षाफल सार्वजनिक गरेको छ । गाउँपालीका भित्र रहेका १४ वटा बिद्यालयको कक्षा ८ को बार्षिक परिक्षाको परिक्षाफल सप्तरंगी एफ.एम.बाट प्रशारण गरिएको हो ।
कोरोनाको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समयमा नै परिक्षाफल प्रकाशन गर्न नसकिरहेका बेला एफ.एम.बाट आज परीक्षाफल सार्वजनिक गरिएको गाउँपालीका शिक्षा शाखा प्रमुख रामप्रसाद मिश्रले जानकारी दिनुभयो ।
उहाँले रेडियो सबैको पहुँचमा हुने र सर्बसुलभ माध्यम पनि भएकाले यसको माध्यमबाट नतिजा प्रशारण गर्नुका साथै परीक्षाफल पछि बिद्यालय कक्षालाई पनि रेडियोबाटै सञ्चालन गर्ने बिषयमा समेत अध्ययन भईरहेको बताउनुभयो ।
लकडाउनको समयमा पनि बिद्यार्थी र बिद्यालयको सम्बन्ध जोड्न तथा बार्षिक परीक्षाफल प्रकाशन गर्न समस्या भईरहेको वेला रेडियोले परीक्षाफल प्रकाशनको व्यवस्था मिलाएको एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराईले वताउनुभयो ।
परीक्षाफल प्रशारण कार्यक्रम रेडियोको फ्रिक्वेन्सी साथै फेसबुक पेज र अनलाईनबाट समेत एकैसाथ प्रशारण गरिएको थियो । रेडियो बाट भोली दमक ८ स्थित रोजिएट बोर्डिङ स्कुलको बार्षिक परिक्षाफल प्रकासन गरिने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here